• Menu

विश्व आर्थिक मञ्च डाभोसमा निर्वाण चौधरी

दक्षिण एसियाली बजारमा नेपालको बढ्दो प्रभावलाई उजागर गर्न सफल

नेपाल प्रफिट

२०८० माघ ६, शनिबार २१:१५

दक्षिण एसियाली बजारमा नेपालको बढ्दो प्रभावलाई उजागर गर्न सफल

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले डाबोसस्थित वर्ल्ड इकोनोमिक फोरम (डब्लूईएफ) मा नेपाली निजी क्षेत्रको प्रतिनिधिका रूपमा विश्व हरित अर्थतन्त्रमा नेपालको महत्वबारे ध्यानाकर्षण गराएका छन् ।

स्विट्जरल्यान्डको डाबोसमा विश्व अर्थतन्त्रमा जलवायु परिवर्तनसम्बन्धी प्यानललाई सम्बोधन गर्दै निर्वाणले हिमालयको पानीको स्रोतमा आधारित विश्वको ठूलो जनसंख्यालाई नेपालको अवस्था महत्वपूर्ण रहेकोमा कसैले नजरअन्दाज गर्न नसक्नेमा जोड दिए । डाभोस आर्थिक छलफलमा उनी दक्षिण एसियाली बजारमा नेपालको बढ्दो प्रभावलाई उजागर गर्न सफल भएका छन् ।

नेपालको हिमालय क्षेत्रबाट २ अर्ब जनतालाई पानी र अत्यधिक हरित ऊर्जा उपलब्ध गराउने क्षमतामा जोड दिँदै उनले नेपालको सम्भावनामा ध्यान दिन आग्रह गरेका छन् । निर्वाणको प्रस्तुतिले विश्वव्यापी मञ्चमा विकासशील अर्थतन्त्रका युवा उद्यमी नेतृत्वको क्षमतालाई चित्रण गरेको छ ।

निर्वाणले अल्पाइन अर्थतन्त्रको डाभोस मेन प्यानलमा बोल्ने निजी क्षेत्रबाट पहिलो नेपाली हुनुमा गर्व रहेको भन्दै आफ्नो प्रस्तुति सामाजिक सञ्जाल एक्समा सेयरसमेत गरेका छन् ।