• Menu

प्रमुख सूचना आयुक्तमा आचार्य सिफारिस

नेपाल प्रफिट

२०८१ कात्तिक २०, १५:५१

प्रमुख सूचना आयुक्तमा आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा उनलाई सिफारिस गरेको हो ।

यसैगरी, समितिले प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव दुर्गा भण्डारीलाई सूचना आयुक्तमा सिफारिस गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभाका सभामुख अध्यक्ष र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने प्रावधान छ । प्रमुख आयुक्तका लागि १५ जना र आयुक्तका लागि २९ जनाले आवेदन दिएका थिए ।