सप्तरी । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा २ करोड बढी राजस्व संकलन गरेको छ ।
सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा २ करोड १४ लाख ६ हजार एक सय २० राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।
सवारीसाधन करबाट एक करोड ३६ लाख ५ हजार ५ सय २५, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार ९ सय १० र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एक सय ८५ राजस्व संकलन भएको छ ।
सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार ५ सय राजस्व संकलन भएको छ । २०७९ साल साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व संकलन भएको थियो भने २०७९/८० मा ७ करोड ५६ लाख २५ हजार ४ सय ७५ संकलन भएको थियो ।