• Menu

संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल प्रफिट

२०८१ कात्तिक १४, बुधबार १४:२२

संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गरे ।

सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधरमा कारबाही प्रक्रिया अघि बढाएको उनले बताए ।

पोखरेलले भने, ‘संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो ।’ मुलुक अप्ठ्यारो अवस्था तथा चरम शंकटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उनको भनाइ थियो ।