काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साफ महिला च्याम्पियनसि अन्तर्गत नेपाल र बंगलादेशको खेल हेर्न बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् । उनी साँझ साढे ६ बजेदेखि सुरु हुने खेल हेर्न रंगशाला जाने भएका हुन् ।
प्रधानमन्त्री ओलीले उपाधि चुम्ने टोलीलाई पुरस्कार वितरण गर्नेछन् । दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि बुधबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिन लागेको हो ।