• Menu

अब बन्ने संरचनाहरु नेपाली भूगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनुपर्छ : मन्त्री दाहाल

नेपाल प्रफिट

२०८१ कात्तिक १३, १२:४८

अब बन्ने संरचनाहरु नेपाली भूगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको पुस्तालाई बिपत्तीको सामना गर्न सक्ने ज्ञान र शिप हस्तान्तरण जरुरी रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय बिपद् जोखिम न्युनिकरण दिवशका अवसर नेपाल भुगर्भ समाजले मंगलबार काठमाडौमा गरेको कार्यक्रमलाई संवोधनका क्रममा उनले अब बन्ने संरचनाहरु नेपाली भुगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनु पर्नेमा समेत जोड दिए ।

‘उत्थानशिल भविश्यको लागि भावि पुस्ताको सशक्तिकरण’ भन्ने नाराका साथ यस वर्षको विभिन्न निकायहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय बिपद् जोखिम न्युनिकरण दिवशको कार्यक्रम भुगर्भ समाजले आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी दाहालले भुगर्भको अध्ययन र अनुसन्धान विश्वविद्यालय तथा शैक्षिक संस्थामा मात्र केन्द्रित नभई कार्यस्थलमा समेत कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

रोजगारी, उद्यमशिलता र अवसरहरुको सिर्जना गरि युवाहरुलाई स्वदेशमानै रहने वातावरण बनाउन सरकार क्रियाशिल रहेको भन्दै उनले स्वदेशमा युवाहरु रहे मात्र विपत्तीको बेलामा परिचालन गर्न सकिने बताए ।

नेपालको भौगर्भिक र वातावरणीय अध्ययन् भविश्य लक्षित छन् कि छैनन्, संरचनाहरु निर्माणका डिजाईन उपयुक्त छन् कि छैनन्, प्रविधिले नेपाली माटो र भुगोल चिनेको छ कि छैन, विकासको मोडेल परिवर्तनको आवश्यकता हो कि होईन तथा विपत्को सामना गर्न हाम्रो तयारी सक्षम छ कि छैन भनि विश्लेषण गर्नु पर्ने बेला आएको भनि मन्त्री दाहालले विज्ञहरुलाई प्रश्न समेत गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपाल भौगर्भिक विपत्तीको उच्च जोखिममा रहेकाले क्षति न्युनिकरणका लागि ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले जलवायू परिवर्तनको असर विश्वव्यापी चुनौती बनि रहेको बताएका थिए । विश्वव्यापी तापमानवृद्धीका कारण हिमाल बचाउने तर्फ ध्यान जान जरुरी रहेको उनीहरुको भनाई थियो ।