• Menu

कीर्तिपुर अस्पताल पछाडि झाडीमा महिला मृत फेला

नेपाल प्रफिट

२०८१ कात्तिक १२, १२:५८

कीर्तिपुर अस्पताल पछाडि झाडीमा महिला मृत फेला

काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन्। कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिलाको शव फेला परेको हो।

नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।