• Menu

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

नेपाल प्रफिट

२०८१ कात्तिक ९, शुक्रबार १६:५७

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव सुशील शमशेर जबराको शुक्रबार  निधन भएको छ । उनको९१ वर्षको उमेरमा निधन भएको हो ।

राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए ।

उनका अनुसार श्रद्धाञ्जली अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरुको उपस्थिति थियो ।

राखेपको दोस्रो सदस्यसचिवका रुपमा राणाले ६ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पुर्‍याएका थिए । २०१७ साल देखि २०२४ साल सम्म राणा परिषद्को सदस्यसचिव भएका थिए ।

नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष भएका राणा हाल आजीवन मानर्थ अध्यक्षको रुपमा रहेका संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।