म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीनवटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुईवटा झोलुंगे पुल हुन् ।
शिखको पोखरेबगर-पाउद्धार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-५ र ६ मा पर्ने घारखोलामा संघीय सरकारको ३ करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । निर्माण गरेको हो ।
यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४.८ मिटर लामो झोलुंगे पुल पनि संघीय सरकारकै बजेटमा निर्माण भएको हो । पुलबाट शिख, किन्दु, धोस्केखोरिया, घिरवाङ र पाउद्वारका बासिन्दालाई आवागन सहज भएको छ ।
यो पुल एक करोड ५० लाख लागतमा निर्माण भएको हो । स्वाँतको खोपा खोलामा पनि ३० लाखको लागतमा ६० मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ ।