• Menu

डेँगु र ब्रेन ह्यामरेजबाट पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

नेपाल प्रफिट

२०८१ कात्तिक ४, १२:३२

डेँगु र ब्रेन ह्यामरेजबाट पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगु संक्रमण र ब्रेन ह्याम्रेजका कारण नर्भिक अस्पताल भर्ना गरिएका मिश्रको आइतबार बिहान उपचारका क्रममा निधन भएको हो ।

वन्यजन्तु पर्यटन विकासमा सक्रिय ७३ वर्षीय मिश्र साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न थिए । नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट व्यवसायलगायतमा संलग्न मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनी भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष थिए ।

मिश्रको शव अहिले बिहान १० देखि दिउँसो १ सम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिएको छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।