काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनसिप विहिबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल विहिबार भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।