• Menu

नेपाल आयल निगमद्वारा एलपी ग्यास उद्योगहरू एकापसमा गाभ्ने प्रक्रिया अघि बढाउने निर्णय

नेपाल प्रफिट

२०८३ कात्तिक १६, सोमबार १२:५४

नेपाल आयल निगमद्वारा एलपी ग्यास उद्योगहरू एकापसमा गाभ्ने प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एपली ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिएको हो । निगमले सबै उद्योगलाई पत्र लेख्दै गाभ्ने कार्ययोजना बनाई काम अगाडि बढाउन आग्रह गरेको छ ।