• Menu

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेज नेपाल आइपुगे

नेपाल प्रफिट

२०८३ कात्तिक १६, सोमबार १२:३१

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेज नेपाल आइपुगे

काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलसहित सोमबार नेपाल आइपुगेका छन्।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको निमन्त्रणामा उनी सोमबार बिहान १०ः१५ बजे कतार एयरवेजको उडानमार्फत काठमाडौं आइपुगेका हुन्।

नेपाल आगमनका क्रममा उनलाई संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

नेपाल भ्रमणका क्रममा अध्यक्ष पेजले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यस भ्रमणलाई नेपाल र स्विट्जरल्यान्डबीचको संसदीय सम्बन्ध तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।