• Menu

परम्पराअनुसार जीवित देवी कुमारीलाई गराइयो तलेजु भवानीको दर्शन, शक्ति आर्जन हुने धार्मिक विश्वास

नेपाल प्रफिट

२०८३ कात्तिक ४, बुधबार ०७:३०

परम्पराअनुसार जीवित देवी कुमारीलाई गराइयो तलेजु भवानीको दर्शन, शक्ति आर्जन हुने धार्मिक विश्वास

काठमाडौं । जीवित देवी कुमारीलाई काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ ।

तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मंगलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ ।

कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्‍याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

कुमारीलाई दर्शन गराउन देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो । हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ । रासस