काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट शनिबार राति पक्राउ परेका हुन् ।
भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले भट्टमा अनुसन्धान भइरहेको बताएका छन् । भट्ट हाल सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा रहेका दीपक भट्टका दाइ हुन् ।