• Menu

नेदरल्याण्ड्सले अमेरिका र क्यानडामा राखृको ८६ टन सुन लन्डन सार्यो

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार ११:१०

नेदरल्याण्ड्सले अमेरिका र क्यानडामा राखृको ८६ टन सुन लन्डन सार्यो

एम्स्टर्डमः नेदरल्याण्ड्सले अमेरिका र क्यानडामा भण्डारण गरिएको ८६ टन सुन लन्डनमा सारेको छ । डच केन्द्रीय बैंक (डीएनबी) ले मार्चदेखि अगस्टसम्म सुन सारिएको बताएको छ ।

केन्द्रीय बैंकले संकटको बेला सजिलै प्रयोग गर्न सकियोस भनेर बैंक अफ इङ्ल्याण्डमा सुन राखिएको पुष्टि गरेको छ ।

यो स्थानान्तरण अघि, डीएनबीले न्यूयोर्कमा आफ्नो सुनको ३१.३ प्रतिशत र ओटावामा १९.७ प्रतिशत स्वामित्व राखेको थियो । अब, यो हिस्सा दुवै स्थानहरूमा १८.५ प्रतिशत कायम भएको छ ।

नेदरल्याण्ड्सले लन्डनमा राखेको सुनको हिस्सा १८.१ प्रतिशतबाट बढेर ३२.१ प्रतिशत पुगेको छ।

बैंक अफ इङ्गल्याण्डमा राखिएको सुनलाई संसारमा सबैभन्दा सजिलैसँग कारोबार हुने सुन मानिन्छ । त्यसैले, डीएनबीले संकटको समयमा, यसलाई अमेरिका वा क्यानडामा राखिएको सुन भन्दा सजिलै बेच्न वा किन्न सकिने भएकोले सारिएको बताएको छ ।

यस्तै, डीएनबीले आफ्नो निर्णयको कारण बढ्दो भूराजनीतिक तनाव भएको पनि उल्लेख गरेको छ। यद्यपि, बैंकले कुन घटनाहरूलाई संकेत गरिरहेको थियो भनेर निर्दिष्ट भने गरेको छैन ।