• Menu

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न

नेपाल प्रफिट

२०८३ साउन १९, १२:०५

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न

झापा । झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार साउन १८ गतेसम्म जिल्लाको करिब ९४ प्रतिशत धानखेतीयोग्य क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ ।

स्थानीय तहअनुसार सबैभन्दा कम गौरीगञ्ज गाउँपालिका मा ८५ प्रतिशत रोपाइँ भएको छ भने दमक र कन्काई नगरपालिका मा ९८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।

बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र गतिमा भइरहेको र आगामी हप्ताभित्र जिल्लाभर धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ ।

झापामा कूल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ, जुन जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत हो । धान उत्पादनका हिसाबले झापा देशकै प्रमुख जिल्लामध्ये एक मानिन्छ ।

यस वर्ष समयमै मनसुन सक्रिय भएकाले अधिकांश किसानले अनुकूल समयमा धान रोपाइँ गर्न पाएका छन् ।