• Menu
s

बजेटले कर्णालीको समग्र सम्भावना र आवश्यकतालाई पूरै नजरअन्दाज गर्‍यो : सांसद रोकाय

नेपाल प्रफिट

२०८३ असार २, १२:४१

बजेटले कर्णालीको समग्र सम्भावना र आवश्यकतालाई पूरै नजरअन्दाज गर्‍यो : सांसद रोकाय

काठमाडौं । नेपाली कांग्रेसका सांसद जयपति रोकायले सरकारले ल्याएको बजेटले हुम्ला र समग्र कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटमा हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन स्थापना गर्ने व्यवस्था गरिएकोमा सरकारलाई धन्यवाद दिए।

तर क्वारेन्टाइन स्थापना मात्र पर्याप्त नभएको भन्दै त्यसमार्फत कर्णालीबाट निर्यात हुन सक्ने उत्पादनहरूको व्यवसायीकरण, बजारीकरण र प्रवद्र्धनका लागि आवश्यक नीति तथा कार्यक्रमको अभाव रहेको बताए।

उनले भने,‘बजेटले हुम्ला र समग्र कर्णालीको सम्भावनालाई पूरै नजरअन्दाज गरेको छ । अहिलेको बजेटमा हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन स्थापना गरिने भनेको छ । त्यसको लागि सरकारलाई धन्यवाद छ । तर उक्त क्वारेन्टाइन भएपनि कर्णालीले निर्यात गर्न सक्ने उत्पादनहरुको व्यवसायीकरण सरकारको कुनै नीति देखिएको छैन् ।’

उनले हुम्ला अझै पनि मुख्य रूपमा हवाई यातायातमा निर्भर रहेको उल्लेख गर्दै सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

विशेषगरी कर्णाली करिडोरलाई स्तरोन्नति र कालोपत्रे गरी यातायातलाई सहज, सुरक्षित र भरपर्दो बनाउने विषयमा बजेटले अपेक्षित महत्व नदिएको उनको भनाइ थियो।

‘हुम्ला अझै पनि हवाई यातायतमा निर्भर छ । कर्णाली करिडोरलाई छिटोभन्दा छिटो स्तरोन्नीकासाथै कालोपत्रेगरी हुम्लाबासीको यातायत चाँडोभन्दा चाँडो सहज र सुरक्षित बनाउने सवालमा बजेटले खासै महत्व दिएको छैन ।’

सम्बन्धित समाचार