• Menu
s

नेपाली इभी बजारमा एथरको नयाँ कीर्तिमान, वैद्य इनर्जीद्वारा एकै दिन २०८ स्कुटर डेलिभरी

नेपाल प्रफिट

२०८३ जेठ ३१, १३:१९

नेपाली इभी बजारमा एथरको नयाँ कीर्तिमान, वैद्य इनर्जीद्वारा एकै दिन २०८ स्कुटर डेलिभरी

काठमाडौं । वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा एथर विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ ।

विशेष मेगा डेलिभरी कार्यक्रममार्फत देशभरका ग्राहकलाई स्कुटर हस्तान्तरण गरिएको हो । कम्पनीका अनुसार यो उपलब्धिले नेपाली उपभोक्तामाझ एथर ब्रान्डप्रति बढ्दो विश्वास, अत्याधुनिक प्रविधि तथा दिगो यातायातप्रतिको आकर्षणलाई प्रतिबिम्बित गरेको छ ।

कार्यक्रममा विभिन्न स्थानबाट आएका ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै विद्युतीय सवारीसाधनतर्फ नेपालको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए ।

यस अवसरमा वैद्य इनर्जी प्रालिका प्रतिनिधिहरूले एथरप्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै नेपालमा स्वच्छ, स्मार्ट र दिगो यातायात प्रणालीको विकासका लागि कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए ।

एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने उपलब्धिले एथर नेपाललाई देशको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्डका रूपमा थप स्थापित गरेको कम्पनीको भनाइ छ । साथै, यसले नेपाली बजारमा भरपर्दो, नवप्रवर्तनयुक्त तथा उच्च गुणस्तरका विद्युतीय सवारीसाधनप्रतिको बढ्दो मागलाई समेत उजागर गरेको छ ।