
काठमाडौं । स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आठ हजार दुई सय र चाँदी ३३५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख आठ सय कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal