• Menu
s

स्नो रिभर्सको आईपीओ बाँडफाँड

नेपाल प्रफिट

२०८३ जेठ १२, १४:०१

स्नो रिभर्सको आईपीओ बाँडफाँड

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ आज (मंगलबार) बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा २६ लाख १ हजार ८४८ आवेदन परेको थियो । जस मध्ये २५ लाख ५७ हजार ८५५ जनाको आवेदन योग्य भएको छ भने बाँकी ४३ हजार ९९३ लगानीकर्ताको आवेदन रद्द भएको छ ।

आवेदन दिएकामध्ये ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्काशन गरेको थियो ।

आईपीओको नतिजा सीडीएससी, मेरो सेयर तथा सानिमा क्यापिटलको वेभसाइटबाट हेर्न सकिनेछ ।