• Menu

चारकोसे जंगलमा यात्रुवाहक बस दुर्घटना

नेपाल प्रफिट

२०८१ चैत २८, १२:२७

चारकोसे जंगलमा यात्रुवाहक बस दुर्घटना

सुनसरी । धरानबाट इटहरीतर्फ जाने क्रममा बिहीबार बिहान ७:४५ बजे को १ ख ६४४७ नम्बरको यात्रुवाहक बस चारकोसे जंगलमा दुर्घटनामा परेको छ । दुर्घटनाको कारण तीव्र गति रहेको प्रहरीले जनाएको छ ।

बसका केही यात्रुहरूलाई चोट लागेको र तत्काल उपचारका लागि नजिकको अस्पतालमा पुर्‍याइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।