नवलपरासी । नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आज बुधबारदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।
नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ ।
सडक विस्तारका क्रममा चैत ३१ सम्म यसैगरी आवागमन बन्द रहने आयोजनाले जनाएको छ । वैशाख १ पछि भने राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुने खनालले जानकारी दिए ।