• Menu

एनसेल एनएसएलको अवसरमा मैत्रीपूर्ण फुटबल खेल आयोजना

नेपाल प्रफिट

२०८१ चैत ११, २१:२२

एनसेल एनएसएलको अवसरमा मैत्रीपूर्ण फुटबल खेल आयोजना

काठमाडौं । एनसेलले शनिबार (चैत १५) बाट सुरु हुने बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । तीन टिमको सहभागिता रहेको खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ ।

सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पूर्व राष्ट्रिय खेलाडी तथा भेट्रान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरुको टिमबीच भएको थियो । यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २-१ गोलअन्तरले हराएको थियो ।

एनसेल एनएसएलको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो । फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २-० ले जित हासिल गरेको छ ।

शनिबारबाट सुरु भई २०८२ वैशाख १३ मा समापन हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा आबद्ध छ । यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

‘एनएसएलसँग एनसेलको सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । यो सहकार्य एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र सबैले मन पराउने फुटबल खेलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा हामी विश्वस्त छौं,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ ।

एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेल र व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।

एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ । विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीलाई एकै मञ्चमा ल्याउने यो एक ठूलो फुटबल प्रतियोगिता हो । प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पुर्‍याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले योगदान पुर्‍याउँदै आएको छ ।