महोत्तरी । महोत्तरी गाउँपालिका–५, गोरिगामामा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
ना ३ ख ८९९७ नम्बरको बस तीव्र गतिमा रहेकाले अनियन्त्रित भई पल्टिएको बताइएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरूको अस्पतालमा उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरिले जनाएको छ।
घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक उद्धार तथा अनुसन्धान गरिरहेको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।