• Menu

सभामुखद्वारा रुलिङ

नेपाल प्रफिट

२०८१ फागुन २१, बुधबार १४:५१

सभामुखद्वारा रुलिङ

सभामुखद्वारा रुलिङकाठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिपक्षी दलहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयमा जानकारी दिन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीको सभामुखले गम्भीर ध्यानाकर्षण गराएका हुन् । साथै उठेका विषयलाई सभामा जानकारी गराउन पनि सभामुख घिमिरेले सरकारलाई निर्देश गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरणलगायत विषयमा सभामुखमार्फत रुलिङको माग गरेका थिए । रुलिङ नगरे संसद्को बैठक चल्न नसक्ने भनी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराएका थिए ।