अमेरिकाले अवैध रूपमा बसेका ८ जनालाई नागरिकलाई नेपाल फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, बुधबार बिहान १० बजे चार्टर विमान काठमाडौं अवतरण गरेको हो । यो विमान अमेरिका स्थित न्यु ह्याम्पशायर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको थियो ।
अमेरिकाले राष्ट्रपति ट्रम्पको अवैध आप्रवासी निष्कासन नीति अन्तर्गत नेपाली नागरिकलाई फिर्ता पठाएको हो । यससँगै, अमेरिकाबाट फर्कने नेपालीहरूको संख्या ३७ पुगेको छ, जसमा यसअघि २७ जना नेपाली फर्किएका थिए। यद्यपि, पहिलो पटक अमेरिकाले नेपालमै ल्याएर छोडिदिएको हो ।