• Menu

खाँदबारी-किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

नेपाल प्रफिट

२०८१ फागुन १२, १२:५८

खाँदबारी-किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

संखुवासभा । कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी-किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।

सोमबार बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ ।