• Menu

सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ फागुन ११, १५:३०

सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

सिरहा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आइतबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका-७ मा रहेको ट्रकमा ‘पिकअप भ्यान’ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो । पिकअप भ्यानका  चालक दुधौली नगरपालिका-१४ का सागर सुनार अवस्था गम्भीर छ ।

यसैगरी, धनगढीमाइ नगरपालिका-१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।