• Menu

सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ फागुन १, ११:१४

सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु

सिन्धुली । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा बिहीबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।