काठमाडौं । काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा आसपासका सरकारी कार्यालयहरू डुबानमा परेका छन् ।
काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार पाइप फुटेपछि पानी बगेर विशेष अदालत, काठमाडौं जिल्ला अदालत, वन परिसर लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ।
प्रहरी र स्थानीय प्रशासनले पानी नियन्त्रणका लागि आवश्यक पहल गरिरहेको छ भने नागरिकलाई आवतजावत गर्न कठिनाइ भएको छ ।