• Menu

सभापति लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा

नेपाल प्रफिट

२०८१ माघ २३, बुधबार ११:५१

सभापति लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनछेकका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।

सभापति लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको हो ।

जिल्ला अदालत चितवनको २ नम्बर इजलासमा लामिछानेको बयान सुरु हुने अदाललते जनाएको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिनासम्बन्धी आरोपमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले मंगलबार लामिछानेसहित १५ जना व्यक्ति र ६ संस्थाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता भएपछि लामिछाने मंगलबार रातिनै चितवन पुगेका थिए । बुधबार उनी १० बजे अदालत उपस्थित भएका हुन् ।