काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्राउने र भत्काउने जस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा नरहेको स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले ढुक्क हुन आग्रह गर्दै काँग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन नसक्ने स्पष्ट गरे ।
सरकार ढल्यो भनेर समय खेर नफाल्न उनले आग्रह गरे । ‘विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ- ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति काट्दैन ।’ आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं,’ उनले भने ।
बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराए ।