• Menu

रास्वपाका सांसदहरुद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

नेपाल प्रफिट

२०८१ माघ १८, शुक्रबार १३:५३

रास्वपाका सांसदहरुद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । आजदेखि सुरु प्रतिनिधि सभाको हिउँदे अधिवेशनको प्रारम्भमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर आकस्मिक समय माग गरे ।

तर, सभामुख घिमिरेले बैठक सञ्चालनमा सहयोग गर्न आसनग्रहणका लागि आग्रह गरे । रास्वपाका सांसदले आकस्मिक समयमा बोल्नुपर्ने कुरा रहेको भन्दै समय माग गरिरहे ।

सभामुख घिमिरेले अवरोधका बीच बैठक सञ्चालन गरेपछि रास्वपाले बहिष्कार गरेको हो । रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् । उनीहरूले १५ मिनेटका लागि बैठक अवरोध गरेको जानकारी गराएका छन् ।