• Menu

कालिमाटीमा काउली २० रुपैयाँ किलो, कस्तो छ अरु तरकारी र फलफूलको भाउ ?

नेपाल प्रफिट

२०८१ माघ ३, १०:२०

कालिमाटीमा काउली २० रुपैयाँ किलो, कस्तो छ अरु तरकारी र फलफूलको भाउ ?

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ४७, आलु रातो (भारतीय) प्रतिकिलो रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६५, गाजर (लोकल) प्रतिकिलो रु ८० र गाजर (तराई) प्रतिकिलो ७० रुपैयाँ छ ।

त्यस्तै, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (तराई) प्रतिकिलो रु २५, बन्दा (नरिवल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, काउली (तराई) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ३०, मूला सेतो (लोकल) प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकिलो रु ७०, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ५०, तितेकरेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २० र हरियो फर्सी (डल्लो) प्रतिकिलो २० रुपैयाँ निर्धारण भएको छ ।

सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु १००, सखरखण्ड प्रतिकिलो ९०, बरेला  प्रतिकिलो रु ३०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु २०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १०० र च्याउ (डल्ले) प्रतिकिलो रु ३०० कायम गरिएको समितिले जनाएको छ ।

समितिले ब्रोकाउली प्रतिकिलो रु ३०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ७०, ग्याठ कोबी प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ८००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ४००, गान्टे मूला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेको छ ।

त्यस्तै स्याउ (झोले) प्रतिकिलो रु २६०, स्याउ (फूजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ४००, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, सुन्तला (नेपाली) प्रतिकिलो रु १३०, सुन्तला (भारतीय) प्रतिकिलो रु १००, काँक्रो (लोकल) प्रतिकिलो रु १५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ११० र रुख कटहर १३० रुपैयाँ छ ।

निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, आभोकाडो प्रतिकिलो रु २५०, अमला प्रतिकिलो रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १४०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३०० र लसुन सुकेको नेपाली प्रतिकिलो ३०० रुपैयाँ छ ।

समितिले छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकिलो रु ४५०, रुख टमाटर प्रतिकिलो १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ तोकेको छ ।