• Menu

सुदूरपश्चिम एनपीएल पहिलो संस्करणको फाइनलमा

नेपाल प्रफिट

२०८१ पुस ३, बुधबार १६:१७

सुदूरपश्चिम एनपीएल पहिलो संस्करणको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको फाइनलमा पुगेको छ ।

जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोडेको थियो ।

जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए । शुभ कंसाकारले रनआउट हुनुअघि २६ रन जोडे । हर्ष थाकर १२ रन र अरनिको यावदले ११ रन जोडे । बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिए ।

१४० रनको लक्ष्यको पछ्याएको सुदूरपश्चिमले २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरील अविजित २० रन बनाए । उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे । ब्रान्डन माक्मलेनले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडे ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन खर्चिए । सइफ जइबले २ विकेट लिँदा कुगेलेइन र अभिनासले १-१ विकेट हात पारे ।

जनकपुरले  भोलि कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा सुदूरपश्चिम सँग प्रतिस्पर्धा गर्नेछ ।