• Menu

चितवनलाई पराजित गर्दै कर्णाली क्वालिफायर टु मा

नेपाल प्रफिट

२०८१ पुस ३, बुधबार १२:५१

चितवनलाई पराजित गर्दै कर्णाली क्वालिफायर टु मा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटर खेलमा कर्णाली याक्सले  चितवन राइनोजलाई  २१ रनले पराजित गरेको छ । जित सँगै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोडेको हो ।

कर्णालीका लागि ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालाले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्का प्रहारबाट ५२रन जोडे । वाल्टनले नटआउट २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन जोडे । मक्सुदले १४ रन बनाए जोडे । यस्तै गुल्सन झा शून्यमा र देव खनाल अन्तिम ओभरमा ३ रनमा रनआउट भए ।

बलिङमा जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए

कर्णालीले दिएको १७६ रन लक्ष्य पछ्याएको चितवनले ९ विकेटको क्षतिमा १५४ बनायो ।

चितवनका लागि ओपनर हसन इशाखिल पहिलो ओभरमा एक रनमा आउट भए । अर्का ओपनर विपिन रावलले भने १८ रन बनाए ।

त्यस्तै रवि बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए । एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले २१ रन मात्र जोडे ।

चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक–एक  विकेट लिए ।

कर्णालीले आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १:०० बजे हुनेछ ।