• Menu

कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोललाई ५ सय मतको अग्रता

नेपाल प्रफिट

२०८१ मंसिर १७, १२:२६

कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोललाई ५ सय मतको अग्रता

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ५ सय मतान्तरले अग्रता लिएका छन् । डंगोलले १ हजार ८९२ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले १ हजार ३७८ मत पाएका छन् । यी दुईबीच ५१४ मतको अन्तर छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन १ हजार १८८ मतसहित तेस्रो स्थानमा छन् । यहाँ चौथो र पाँचौं स्थानमा स्‍वतन्त्र उम्मेदवार छन् । चौथोमा रहेका राजमान महर्जनले हालसम्म ७३६ मत पाएका छन् भने पाँचौंमा रहेका दिनेशकुमार अधिकारीले ६४२ मत प्राप्त गरेका छन्।

कीर्तिपुरमा प्रमुख पदका लागि वडा नम्बर १, २ र ४ को मतगणना भइसकेको छ भने अहिले वडा नम्बर ३ को मतगणना जारी छ । वडा नम्बर १ र ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।