• Menu

साढे पाँच किलो सुनसहित विमानस्थलबाट तीन विदेशी पक्राउ

नेपाल प्रफिट

२०८१ कात्तिक २१, बुधबार १०:१४

साढे पाँच किलो सुनसहित विमानस्थलबाट तीन विदेशी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।

एयर अरेबियाको विमान चढेर सारजाहबाट काठमाडौँ आएका एक चिनियाँ र दुई म्यान्मारका नागरिकलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।