• Menu

नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ कात्तिक २०, १६:१५

नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–७ मा मंगलबार दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कृष्णसार सामुदायिक वनमा गाई-गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते हुनु भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । निजको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए ।