काठमाडौं । हङहङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ५ विकेट गुमाउँदै १०० रनमा समेटिएको छ । नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए । उनी प्लेर अफ द म्याच बनेका छन् । अस्ट्रेलियालाई पराजित गरेको नेपाल समूह विजेता बनेको छ ।
हङकङ सिक्सेसमा खेल्ने नेपाली टोलीमा सन्दीप जोराको कप्तानीमा लोकेश बम, विवेक यादव, नारायण जोशी, रसिद खान र प्रतिश जिसी खेलिरहेका छन् ।
शुक्रबार भएको खेलमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो । एक खेलअगावै हिजै क्वार्टरफाइनलमा पुगिसकेको नेपालले आज अपराह्न श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।