• Menu

रसुवागढी-केरुङ राजमार्ग सञ्चालन, ७६ वटा मालवाहक कन्टेनर भित्रिए

नेपाल प्रफिट

२०८१ कात्तिक १४, बुधबार १०:५१

रसुवागढी-केरुङ राजमार्ग सञ्चालन, ७६ वटा मालवाहक कन्टेनर भित्रिए

रसुवा । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।

मंगलबार ४ कन्टेनर स्याउ, २ कन्टेनर नस्पाति र ३ कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको ३ वटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् ।

राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ । भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले २ अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिए