• Menu

एयर इन्डियाको विमानमा बम राखिएको हल्ला, विमानस्थलमा जाँच गरिदै

नेपाल प्रफिट

२०८१ कात्तिक १२, १७:२१

एयर इन्डियाको विमानमा बम राखिएको हल्ला, विमानस्थलमा जाँच गरिदै

काठमाडौँ । एयर इन्डियाको विमानमा बम रहेको सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच थालिएको छ । काठमाडौँबाट भारतको नयाँ दिल्लीका लागि उड्ने तयारीमा रहेको उक्त विमानमा बम रहेको सूचना आएपछि जाँच भइरहेको छ ।

उक्त विमान सोमबार दिउँस दिल्लीबाट काठमाडौँ आएको थियो। केहीबेरको अवतरणपछि पुन: दिल्ली फर्कने बेलामा बम रहेको सूचना विमानस्थलमा रहेका प्रहरीलाई आएको थियो।

त्सलगत्तै अहिले नेपाली सेना र प्रहरीका तालिमप्राप्त कुकुरसहित ‘सर्च’ थालिएको विकले बताए। उक्त विमानमा दिल्लीबाट आएका यात्रुहरु भने उत्रिसकेका छन्।

यसअघि गत साता पनि विस्तारा एयरलाइन्सको विमानमा बम राखिएको हल्ला चलेको थियो। उक्त हल्लापछि प्रहरीले जाँच गर्दा बम नभएको पुष्टि भएको