दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को ३ महिनामा ६ करोड राजश्व संकलन गरेको छ ।
चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व संकलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा तीन करोड ५० लाख मात्र राजश्व संकलन भएको थियो ।
‘चालु आवमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको छ,’ घर्तीले बताए । राजश्व चुहावट रोक्नुका साथै सरसफाई, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ । उल्लेख्य रुपमा राजश्व संकलन भएको छ ।’
चालु आवमा ५० करोड राजश्व संकलन गर्ने लक्ष्य रहेको घर्तीले बताए । गत आवमा ३६ करोड राजश्व संकलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।