• Menu

बिछ्यौनामै मृत भेटिए दम्पती, प्रहरी भन्छ- घटना शंकास्पद छ

नेपाल प्रफिट

२०८१ कात्तिक ९, शुक्रबार ११:०५

बिछ्यौनामै मृत भेटिए दम्पती, प्रहरी भन्छ- घटना शंकास्पद छ

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामै मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए ।

‘घटना शंकास्पद छ,’ उनले भने, ‘मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।’