काठमाडौं । काठमाडौंको सीतापाइलामा रोकिराखेको कारमा आगलागी भएको छ । सीतापाइलामा सडक छेउमा राखेको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा सोमबार बिहान आगलागी भएको हो ।
सीतापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलका अनुसार तार सर्ट भएर कारमा आगलागी भएको हो । आगो दमकलको सहायताले निभाइए पनि कारमा पूर्णरूपमा क्षति पुगेको छ ।