• Menu

कुवामा डुबेर एकजनाको मृत्यु

नेपाल प्रफिट

२०८१ कात्तिक ४, १५:२९

कुवामा डुबेर एकजनाको मृत्यु

दाङ । कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आइतबार बिहान कुवामा डुबेर मृत्यु भएको हो ।

आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताए । प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।