• Menu

दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

नेपाल प्रफिट

२०८१ कात्तिक २, शुक्रबार १२:५५

दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

दाङ । बंगलाचुली गाउँपालिका-४ जुम्लेपानीमा गए राति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गढवा गाउँपालिका-७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

घोराहीबाट तापातर्फ जाँदै गरेको रा. १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।