बाँके । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मीनबहादुर गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो नरहेको बताएका छन् ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बाँकेको कोहलपुर पुगेका महासचिव पोखरेलले एमालेलाई कमजोर बनाउने तत्वले कीर्तिपुर जग्गासँग जोडेर गलत प्रचार गरिरहेको आरोप लगाए ।
व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चार्यको विषय नभएको उनको तर्क छ । ‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो,’ पोखरेलले भने, ‘हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौं ।’