काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साना डिजिटल कारोबार नि:शुल्क गर्ने पक्षमा देखिएका छन् ।
सामाजिक सञ्जालमार्फत एक व्यक्तिको गुनासो सम्बोधन गर्दै उनले सानो डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको जानकारी दिएका हुन् ।
‘साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु,’ उनले लेखेका छन्, ‘तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झक्झकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’
हाल सानो-सानो डिजिटल कारोबार गर्दा पनि सेवा शुल्क तिर्नुपर्ने हुन्छ ।